Comments Add Comment

Advertisment

SKIP THIS

ढाकाकुमार श्रेष्ठबारे भ्रामक पोष्ट गरेको आरोपमा सूर्य रेग्मीलाई कास्की प्रहरीले पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले स्याङ्जा आँधीखोलाका ३५ वर्षीय सूर्यबहादुर रेग्मी पक्राउ गरेको हो । श्रेष्ठको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने जस्ता कुराहरु लेखी पोस्ट गरेका थिए।

श्रेष्ठले आफ्ना विषयमा जथाभावी लेख्नेलाई कारबाही गरिपाउँ भनी उजुरी गरेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै