प्रभु बैंकका ग्राहकले ललितपुरको होटल हिमालयमा विशेष छुट पाउने -
Comments Add Comment

Advertisment

SKIP THIS

प्रभु बैंकका ग्राहकले ललितपुरको होटल हिमालयमा विशेष छुट पाउने

१७ असार, काठमाडौ । प्रभु बैंकका ग्राहकले ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।

होटलले दिने विभिन्न सेवामा विशेष छुट दिने विषयमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार होटलबाट छुट प्राप्त गर्नका लागि ग्राहक एवम् कर्मचारीले प्रभु बैंकमा आवद्धता भएको प्रमाण पेस गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment