Comments Add Comment

Advertisment

SKIP THIS

मिटरब्याजी सुजता साहविरुद्ध अनुचित लेनदेनमा सिराह अदालतमा मुद्दा दायर

काठमाडौं– मिटरब्याजी महाजन सुजता साहविरुद्ध अनुचित लेनदेनमा जिल्ला अदालत सिराहमा अभियोग पत्र दायर भएको छ। गत भदौ १७ गते उनीविरुद्ध सिरहा जिल्ला अदालतमा अभियोगपत्र दायर भएको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए।

उनलाई अदालतले हाल थुनामा राखेर पुर्पक्ष गर्ने गरी आदेश गरेको छ। साहका ९ जना ऋणीहरु रहेका छन्। ‘ऋणीहरुसँग लेनदेनमा मेलमिलाप गराउन छलफल गराएका थियौँ। साहले कुनै ऋणीसँग पनि छलफलमा मिल्न नमानेपछि दिएको रकमभन्दा बढी तमसुक गराएको समेत आधारमा अभियोग पत्र दायर गरिएको छ,’ कार्कीले भने।

साहका ऋणीमध्ये चार महिनाअघि काठमाडौंमा १३ वर्षीया मिटरब्याज पीडित बालिका गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गम्भीर सवाल गरेकी थिइन्। सिराह मिर्चैयाकी गरिमाले मिटरब्याजी सुजाता साहबाट आफ्नो परिवार निकै समयदेखि प्रताडित भइरहेको सुनाएकी थिइन्। निरन्तरको धम्की र चेतावनीका कारण गरिमाले पढाइ छाड्न बाध्य थिइन्।

ऋणीसँग लिखत कारोबारभन्दा २ अर्ब बढी मागेका थिए साहले अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगले ३ हजारभन्दा बढी निवेदनका पीडित ऋणी र साहुबीच मिलापत्र गराएको छ। ३ हजार ७८२ वटा निवेदनमा पीडित ऋणी र साहुबीच कुल ४ अर्ब र ८९ करोड १६ लाख रुपैयाँ पीडित ऋणी र साहुबीच लेनदेन भएको लिखत कारोबार रहेको थियो।

तर साहुले ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँ असुली हुन बाँकी भनि माग गरेको कार्कीको भनाइ छ। लिखत कारोबारभन्दा साहुबाट ऋणीसँग २ अर्ब ५८ करोड ८ लाख रुपैयाँ बढी माग भएको कार्की बताउँछन्।

तर पीडित ऋणी र साहुलाई सँगै राखेर मिलापत्र गराउँदा कुल १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँमा दुवै पक्षबीच सहमतिमा टुंगिएको कार्कीले बताए। ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँ साहुबाट ऋणीसँग असुल हुन बाँकी छ भनी माग गरेता पनि ६ अर्ब १५ करोड ६० लाख रुपैयाँ घटेर सहमत भएको कार्कीको भनाइ छ।

जसअनुसार सहमतिभन्दा ६ अर्ब १५ करोड ६१ लाख रुपैयाँ बढी माग गरेको देखिएको छ। अहिलेसम्मको मिलापत्रबाट साहूहरूले लिखत गरेको ४ अर्ब ८९ करोड १६ लाख रुपैयाँभन्दा ३ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ घटेर सहमत भएको कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै