Comments Add Comment

Advertisment

SKIP THIS

गैरीगाउँ सामूहिक हत्या घटना: आत्तिदै ट्याक्सी चढेर खबर गर्न आएका नै प्रहरी नियन्त्रणमा

३० भदौ , काठमाडौं  । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको छ। काठमिलभित्र उनीहरु हत्या गरिएको अवस्थामा फेला परेका हुन्।

दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए। शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

उनी हिजो मात्र छोराकोमा आएको पाइएको छ। यस्तै मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन्। उनी त्यहाँको कामदार नभएको पाइएको छ।

प्रहरीका अनुसार सोही काठमिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका थिए। उनी ट्याक्सी चढेर पुगेको खुल्न आएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। उक्त काठमिल दोलखामा सांसद हारेका बालकृष्ण शिवाकोटीको भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै