पाँचथर प्रहरीले फरारको सूचीमा रहेका चारजना अभियुक्तलाई पक्राउ -
Comments Add Comment

पाँचथर प्रहरीले फरारको सूचीमा रहेका चारजना अभियुक्तलाई पक्राउ

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले विभिन्न मुद्दामा न्यायिक निकायबाट दोषी प्रमाणित भएपछि फरारको सूचीमा रहेका चारजना अभियुक्तलाई पक्राउ गरेको छ ।

उनीहरुलाई शुक्रबार साँझ सदरमुकाम फिदिमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ पर्नेमा फिदिम-१ का २४ वर्षीय आशिष यवा, फिदिम-१ का २५ वर्षीय विवेक थेवे, सञ्जय नेम्वाङ र फिदिम-१० का संगम थाम्सुहाङ छन् ।

यवा र थेवेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय पाँचथरले २०७१ सालमा दोषी प्रमाणित गर्दै जरिवाना तोकेको थियो । उनीहरुमध्ये यवाबाट ५ र थेवेबाट १० हजार जरिवाना असुल्न प्रशासनले फैसला गरेको थियो ।

यस्तै नेम्वाङ र थाम्सुहाङ अवैध लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका हुन् । उनीहरुविरुद्व ब्राउन सुगर ओसारपसार मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि गत साउनदेखि फरार उनीहरुलाई सदरमुकाम फिदिमदेखि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै