Comments Add Comment

Advertisment

SKIP THIS

राजमार्गमा दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍याए गृहमन्त्रीले

३१ भदौ , काठमाडौ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले आइतबार साँझ राजमार्गमा भएको दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याएका छन् ।

देउखुरीस्थित मन्त्रालयको काम सकेर रुपन्देहीस्थित घरमा फर्कने क्रममा दाङको कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना भएको थियो । आफ्नै अगाडि भएको दुर्घटनामा घाइतेहरुलाई तत्काल अस्पताल पुराउने कुनै साधन भएन ।

गृहमन्त्री पाण्डेय तत्काल आफ्नो गाडीबाट झरे र घाइतेलाई आफ्नो गाडीमा राखेर अस्पताल पुराउन थाले । उनका निजी सचिव जैनुदिन देवानका अनुसार मन्त्री आफैले घाइतेलाई गाडीमा राखेर भालुवाङस्थित अस्पतालमा लगेर भर्ना गराएका थिए ।

‘हामी गाडीमा आइरहेका थियौं, अगाडि दुर्घटना भएको देखियो, मन्त्रीज्यूले तत्काल आफ्नो गाडी रोकेर घटना हेर्नुभयो अनि त्यही गाडीमै अस्पताल लगेर उपचारको प्रबन्ध गरेर बल्ल फर्किएका हौं’ देवानले भने,‘ अस्पताल पुगेपछि एकछिन बिरामीको अवस्था सामान्य बनेको देखियो र हामी भैरहवा फर्केका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment