Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी जनक भट्टराईको प्रमुख आतिथ्यतामा प्रहरी जवानहरुको दिक्षान्त समारोह सम्पन्न

७ असोज , जनकपुर ।  मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराजमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम (५-०४) औं समूहको मिति २०८० असोज ०७ गते मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ् ।

समारोहमा प्रमुख अतिथि डिआईजी भट्टराईले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरुलाई पुरस्कार वितरण गर्नुभई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनको क्रममा प्रमुख अतिथिले प्रहरी जवान आधारभूत तालिम २३४ कार्यदिन अवधिको प्रशिक्षणबाट सफलता हाँसिल गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रशिक्षार्थी प्रहरी जवानहरुलाई हार्दिक बधाई ज्ञापन तथा नेपाल प्रहरी संगठनमा स्वागत समेत गर्नु हुँदै नेपाल प्रहरीको सदस्य हुनुमा जति गर्व जोडिएको हुन्छ, त्यति नै चुनौतीहरू पनि गाँसिएर आउने कुरा बताउनु भएको थियो ।

प्रहरी सेवा केवल जागिर मात्रै नभइ एउटा जीवनशैली पनि रहेको र प्रहरी सेवामा हामीलाई हरघडी अथक प्रयास, पवित्र निष्ठा, अदम्य साहस र अविचलित समर्पणको आवश्यकता रहेको कुरा उल्लेख गर्नु हुँदै प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको हुने र राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा नभई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्न निर्देशन दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले सम्पन्न गर्न समादेशक लगायत प्रशिक्षकवर्ग र समग्र शिक्षालय परिवारबाट भएको अथक मेहनतको प्रशंसा गर्दै प्रशिक्षण कार्यमा सहयोग पुर्‍याउनु हुने विभिन्न संघ, संस्था र श्रोत व्यक्तिहरु तथा आफ्ना सन्ततिलाई देश र जनताको निःस्वार्थ सेवामा समर्पित गराउन साहस देखाउनु हुने अभिभावकहरू प्रति आभार व्यक्त गर्नुभएको थियो ।

समारोहमा मधेश प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी ईश्वर कार्कीले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुभई प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै