Comments Add Comment

Advertisment

SKIP THIS

एमाले कर्णाली अधिवशेन : बन्दसत्र सुरु, यस्तो छ ११ सदस्यीय अध्यक्ष मण्डल

११ असोज , काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । नौ घण्टा ढिला गरी सुरु भएको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्यूरो सदस्य मोहन बानियां, भैरवसुनेदर श्रेष्ठ लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक, मोहनमाया ढकाल रहेका छन् ।

यस्तै, बन्दसत्रको बहस नोट कमिटीमा कर्णबहादुर शाही, प्रेम बुढा र पूर्ण रोकाया रहेका छन् ।

यसैगरी, माइनट कमिटीमा टेकेन्द्र बुढा, धनसिंह र ईन्द्र केसी रहेका छन् ।

बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सचिव भट्टले मिशन २०८४ अनुसार पार्टीलाई अघि बढाउन सबै नेताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै