Comments Add Comment

Advertisment

SKIP THIS

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

१६ असोज , काठमाडौ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले भारतका जितेश शर्मालाई आउट गरे । चार बल खेलेका शर्मा ५ रन बनाएर आएट भए ।
यसअघि सोमपाल कामीले दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तीलक वर्मालाई आउट गरे । १० बल खेलेका वर्मा २ रनमै आउट भए ।

दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए । उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका हुन् । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपीएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment