Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको न्युरोडमा युवकको छुरा हानी हत्या भएको घटनामा दुई युवतीसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले इन्द्रजात्राको क्रममा काठमाडौंको न्युरोडमा गए राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा दुई युवतीसहित चारजनालाई पक्राउ गरेको छ ।

सोमबार राति सवा १० काठमाडौं महानगरपालिका–१७ स्थित हनुमानढोका परिसर अगाडि ओखलढुङ्गाको लिखु गाउँपालिका–४ का १७ वर्षीय सनि कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले बताए ।

२२ वर्षीय सन्देश खड्गी र २० वर्षीया सोनिया श्रेष्ठ खड्गीलाई सोमबार नै पक्राउ गरेको थियो । उनीहरूलाई घटनास्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको हो । १९ वर्षीया भूमि मल्ल र १९ वर्षीय अरबिन ठकुरीलाई भने आज पक्राउ गरिएको हो । उनीहरूलाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सन्देश र सोनिया श्रेष्ठमाथि ६ दिन र भूमि र अरबिनमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सनि धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मनोमोहन कार्डियो अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै