Comments Add Comment

Advertisment

SKIP THIS

दोलखामा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि

दोलखा— प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ ।

प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुनचाँदी व्यवसायी संघ क्षेत्रपाटी, काठमाडौंमा पठाउँदा उक्त सुन जस्तो देखिने पहेँलो धातु सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखको प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।

खड्काका अनुसार असोज १० गते बेलुका दोलखाको विगुगाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा कोठा लिई बस्ने विगु– १ का २८ वर्षीय केशर तामाङ समेतले अवैध रूपमा सुन तस्करी गरी ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिँगटीको संयुक्त टोलीले खानतलासी गर्दा सुन जस्तो देखिने चार थान चार किलो पहेँलो धातु बरामद गरेको थियो ।

त्यसपछि अनुसन्धान कै क्रममा असोज १२ गते केशर तामाङकै कोठाबाट पुनः सुन जस्तो देखिने तीन थान तीन किलो पहेँलो धातु बरामद गरेको थियो । त्यस्तै असोज १४ गते विगु–१ लामाबगरस्थित आङफुर्वा शेर्पाको बारीमा ढुङ्गा मुनी लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातु चार थान चार किलो बरामद भएको खड्काले बताए ।

बरामद भएको सुन जस्तो देखिने पहेँलो धातु परीक्षणको लागी काठमाडौं पठाएकोमा सुन नै भएको पुष्टि भएको खड्काले जानकारी दिए । सो सुनको बजार मूल्य १० करोड १९ लाख ५७ हजार ७ सय ८० रुपैयाँ पर्न आउने उनले बताए ।

सो घटना अनुसन्धानको क्रममा विभिन्न मिति र समयमा दोलखाको विगुगाउँपालिका–३ का २८ वर्षीय केशर तामाङ, वडा नं १ का १८ वर्षीय पेम्बा तामाङ, २० वर्षका माधव मगर, विगु– १ घर भई हाल काठमाडौं बस्ने ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, वडा नं १ कै ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षका चस्मान तामाङ र १७ वर्षका नाबालकसमेत पक्राउ परेको उनले बताए ।

उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै