Comments Add Comment

Advertisment

SKIP THIS

माल्टा पठाईदिन्छु भन्दै छ लाख ठगी गर्ने रन्जन पाण्डेलाई प्रहरीले सामाखुशीबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-१२ स्थाई घर भई हाल काठमाडौंको थानकोट बस्ने रन्जन पाण्डे रहेका छन् ।

पाण्डेले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै बिष्णु विक्रम खड्कासहित चार जनासंग छ लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए ।

पाण्डेले माल्टा पुगेपछि फुड डेलिभरीमा काम लगाई दिने र मासिक १ लाख कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पाण्डेले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई आज सामाखुशीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै