Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसी आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति

१५ फागुन, काठमाण्डौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment