Comments Add Comment

११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामा रहेका छन् । काठमाडौं महानगरपालिका १५ बस्दै आएका उनलाई त्यहिँबाट पक्राउ गरिएको हो।

उक्त प्रकरणमा लामाले सुन ल्याउने भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ। चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो । तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

सुन तस्करी प्रकरणमा यसअघि पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै