Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। अवैध रुपमा लुकाइ छिपाइ भन्सार छलेर ल्याएको ३ सय २० ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम सुन बरामद भएको थियो।

त्यसैगरी जबेरीलाई विमानस्थलको आगमन लिफ्ट भर्याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको १ थान सुनको बालासहित फेला पारी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै