Comments Add Comment

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दले

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।

काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।

प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताए।

‘उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै