Comments Add Comment

Advertisment

SKIP THIS

पर्वतमा जीप र मोटरसाइकल ठोक्किदा श्रीमान् श्रीमती घाइते

२ कात्तिक , काठमाडौ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।

आज बिहान करिब पौने ९ बजे छमर्केको घुम्तीमा कुखुरा बोक्न प्रयोग हुँदै आएको जिप र पर्वतकै महाशिला गाउँपालिका–३ बालाकोटका ३० वर्षीय सुरज पौडेलले चलाएको मोटरसाइकल ठोक्किएको हो ।

मोटरसाइकल चालक पौडेलको घुँडा र अनुहारमा चोट लागेको छ भने पछाडि बसेकी उनकी श्रीमती ३० वर्षीया सरिता चापागाईँको घुँडा र टाउकोमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते सुरजको उपचार पर्वत अस्पतालमा नै भइरहेको छ भने श्रीमती सरितालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै