Comments Add Comment

Advertisment

SKIP THIS

मुलपानीमा नेपालको सानदार शुरुवात, हङकङले १४ रन जोड्दा ४ विकेट गुमायो

२ कात्तिक , काठमाडौ । त्रिदेशीय टी–२० सिरिजमा हङकङविरूद्ध नेपालले उत्कृष्ट सुरूवात गरेको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले ५ ओभर सकिँदा ४ विकेट लिइसकेको छ।

पहिलो ओभर लिएर आएका करण केसीले पहिलो बलमै विकेट लिएका थिए।अहिलेसम्म उनले तीन विकेट लिइसकेका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन्।

करणले हङकङका कप्तान निजाकत खानलाई आउट गरेका हुन्। २।३ ओभरमा अन्सुमन रथ, ४।३ ओभरमा बबर हायातलाई आउट गरे। तीन विकेट लिन उनले १० रन मात्रै खर्चिए।

सोमपाल कामीले ओभर बलिङ गरि ५ रन खर्चिएर १ विकेट लिएका हुन्। उनले ३।६ ओभरमा मार्टिन कोट्जीको विकेट लिए। हङकङले ४।३ ओभरमा १४ रन बनाएर खेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment