११ कात्तिक , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको समेत बताए ।
उनले आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने बताए ।
‘भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्’ लामिछानेले भने, ‘तपाईहरुको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने रु अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला ।’
लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए । उनले भने, ‘एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ रु नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ रु’


