Comments Add Comment

लाजिम्पाटको कल सेन्टरमा प्रहरीको छापा, अनलाइन जुवा खेलाउने २ जना भारतीय पक्राउ

काठमाडौं– कल सेन्टर सञ्चालन गरेर अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले छापा मारेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य मुम्बई घर भई काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरब देसाई, काठमाडौं–३ का ४७ वर्षीय राजिब शर्मा पाण्डे छन्।

उनीहरुबाट २९ थान डेस्कटपसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता तथा एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनीहरुले लाजिम्पाटस्थित बाबुराजा नकर्मीको ६ तले राजिव शर्मा पाण्डेको नाममा भाडामा लिएर कल सेन्टर सञ्चालन गर्दै अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। उनीहरुले उक्त घरको तेस्रो र चौथो तलामा अनलाइन जुवा खेलाउने गरेका थिए।

उनीहरुविरुद्ध सट्टाबाजीसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै