Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ

गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरले ३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अदालतबाट सजाय तोकिएपछि फरार प्रतिवादीहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा पठाइएको छ ।

पक्राउ पर्नेमा सार्वजनिक अपराध मुद्दामा जिल्ला अदालत उदयपुरको मिति २०७३/०५/१२ गतेको फैसलाले एक हजार चार सय पच्चहत्तर रुपियाँ जरिवाना तोकिएको बेलका नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४५ को गोरे भन्ने पूर्णबहादुर तामाङ रहेका छन् ।

सार्वजनिक अपराध मुद्दामा उदयपुर जिल्ला अदालतको मिति २०७३/०५/०६ गतेको फैसलाले एक हजार चार सय पचास रुपियाँ जरिवाना तोकिएको बेलका नगरपालिका वडा नं. २ बस्ने वर्ष ४५ को घनश्याम चौधरी रहेका छन् ।

गाली बैजती मुद्दामा उदयपुर जिल्ला अदालतको मिति २०६५/०२/२४ गतेको फैसलाले पचास रुपियाँ जरिवाना तोकिएको बेलका नगरपालिका वडा नं. ४ का वर्ष ७२ को गोबर्धन तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै