Comments Add Comment

Advertisment

SKIP THIS

‘प्रदुषणरहित सुन्दर सहर’ भन्ने नाराको साथ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक

काठमाडौँ । ‘प्रदुषणरहित सुन्दर सहर’ भन्ने नाराको साथ नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीबार सो मोबाइल सफ्टवेयर सार्वजनिक भएको हो ।

कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई किस्ताबन्दीमा उपलब्ध गराउने गरी ई–ड्राइभ नेपाल राइड सेयरिङ एप्स सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष राजेश मास्केले ताए ।

कम्पनीले इलेक्ट्रिक ट्याक्सी मात्रै चलाउने छ । यसका लागि पहिलो चरणमा ४० वटा ट्याक्सीमार्फत सेवा दिइने कम्पनीका अध्यक्ष राजेश मास्केले जानकारी दिए ।

अध्यक्ष मास्केका अनुसार कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई उपलब्ध गराउनेछ । ट्याक्सी लिन चाहने चालकले सुरुमा ७ लाख रुपैयाँ तिर्नुपर्छ । महिला चालक भएमा ५ लाख मात्रै तिरे पुग्छ । यसपछि मासिक ७० हजार रुपैयाँको हाराहारीका दरले किस्ता बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै