Comments Add Comment

Advertisment

SKIP THIS

२२ यात्रु लिएर खलंगा जाँदै गरेको गाडी भेरी किनारमा खस्यो

४ मंसिर , काठमाडौ । रूकुम पश्चिममा २२ यात्रु बोकेको८ गाडी दुर्घटनामा परेको छ।

सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए।

जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्‍याइएको छ जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ८यसअघि अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै