Comments Add Comment

Advertisment

SKIP THIS

प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि धर्मगुरु श्रीनिवासलाई प्रहरीले पक्राउ

काठमाडौं- दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ।

प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थक सहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए। त्रिशुल सहित पुगेका उनको टोलीले प्रहरीलाई आक्रमण गर्न थालेपछि पक्राउ गरिएको हो।

गेरुवस्त्रमा त्रिसुल सहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ। विगत केही दिनदेखि प्रसाईंले राजतन्त्रको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै