Comments Add Comment

Advertisment

SKIP THIS

धराप थापेर दुई वटा गैँडा मर्ने ९ जनालाई सिआइबीले चितवन राष्ट्रिय निकुञ्जबाट पक्राउ

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९ जनालाई पक्राउ गरेको छ । कार्तिक ३० मा दुई वटा खाल्डोमा १८ वर्ष र ६ वर्षका गैँडा खाग काटिएको अवस्था मृत भेटिएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली पोस्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा पारेर सङ्गठित गिरोहले धरापमा पारेर गैँडा मारेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय शमशेर थिङ, रोल्पा घर भएका २७ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका–११ घर भएका ४३ वर्षीय आइते सिंह मोक्तान उर्फ पासाङ, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सिताराम थिङ र धनबहादुर गुरुङ छन् ।

प्रहरीले नियन्त्रणमा लिएका भीम तामाङ र उनसिंह स्याङ्तान गैँडा सिकारी हुन् । घटनाबारे बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख दिल बहादुर पुर्जाले बताए ।

दुवै पोथी गैँडा खागविहीन अवस्थामा भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकुञ्जले यसबारे अनुसन्धान गरेका थिए । घटनाको छानबिन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक वेद कुमार ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले त्यसबारे छानबिन गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै