काठमाडौं – प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको टोलिले काठमाण्डौ महानगरपलिका वडा न.३१ सुकुम्वासी टोलबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा न.३१ बस्ने बर्ष ३५ की निता शेर्पा रहेकी काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले बताएका छन् ।
एसपी ढुंगेलका अनुसार काठमाण्डौ महानगरपलिका वडा न.३१ सुकुम्वासी स्थित भाईकृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने निता शेर्पाले आफू बस्ने कोठामा लागु औषध खरिद बिक्रि तथा ओसार पसार गर्ने गरेको विशेष सुचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। निताले साथमा बोकेको कालो झोला भित्र प्रहरीले चेकजाँच गर्दा लागु औषध DIAZEPAM 2ml लेखिएको १०५ एम्पुल,PHENERGAN 2ml१०५ एम्पुल,NOOPHIN 2ml १०५ एम्पुल गरी जम्मा ३१५ एम्पुल,लागु औषध एम्पुललाई बाध्न प्रयोग गरिने रवर १८० थान बरामद गरिएको छ ।

पक्राउ परेकी निता शेर्पा उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई प्रहरी बृत्त बानेश्वरबाट थप अनुसन्धान भई रहेको एसपी ढुंगेलले बताए ।







