Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिने व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ

 

जनकपुरधाम । धनुषामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिइरहेका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।

धनुषा प्रहरीका अनुसार ठाकुरले आज साँझ साढे ५ बजेको समयमा आफ्नै श्रीमती ५० वर्षीया रामकाशी देवी ठाकुरलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको शरीर तथा घर खानतलासी गर्दा ९ इन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै