Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको एक सय ६९औं कविता : जीवनको गति

तस्बिर भुल्न खोज्छु अनुहार अगाडी आँउछ
माया भूल्न खोज्छु संझना अगाडी आँउछ
नाता भूल्न खोज्छु सम्बन्ध अगाडी आँउछ।

दिनलाई भुल्न खोज्छु रात अगाडी आँउछ
संझना भुल्न खोज्छु बिगत अगाडी आँउछ
आँशु भुल्न खोज्छु सपना अगाडी आँउछ।

आफैलाई भूल्न खोज्छु कर्तब्य अगाडी आँउछ
नाता निभाउन खोज्छु स्वार्थ अगाडी आँउछ
जीवन सजाँउन खोज्छु निराशा अगाडी आँउछ।

मित्र बनाउन खोज्छु शत्रु अगाडी आँउछ
गाँथा वनाँउन खोज्छु ब्यथा अगाडी आँउछ
आफैलाई बुझाँउन खोज्छु प्रश्नहरू अगाडी आँउछ।

साँझलाई बिताँउन खोज्छु दिनले बिझाईरहन्छ
बिगतलाई बिर्सन खोज्छु बर्तमानले गिज्याँइरहन्छ
खुशीलाई सगाँल्न खोज्छु दु:ख जीवनको गति बनिदिन्छ।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै