काठमाडौं: मिटर ब्याजमा पैसाको कारोबार गर्नेको संख्या बढ्दै जाँदा यसले सामाजिक समस्यासमेत निम्त्याउन थालेको छ । चलन चल्तीको भन्दा कैयौँ गुणा बढी ब्याज पर्ने गरी रकम लेनदेनेको कार्य बढ्दै जाँदो समस्यामा पर्नेको संख्या समेत बढ्दै गएको छ ।
काभ्रेको बनेपाका केही ब्याक्तीहरु पनि यो मिटर ब्याजको दलदलमा फस्दै गएका छन् । यहाँ कतिपय मिटर ब्याजकै कारण समस्यामा पर्ने गरेका छन् । मिटर ब्याजको विरोधमा स्वयम् पीडित नै बोल्न चाहान्नन् । किनकी मिटर ब्याज लगाउनेहरुमा यहाँका केही राजनैतिक रुपमै स्थापित भैसकेका व्यक्ति छन्, केही उद्योगी, व्यवसायीसमेत रहेका छन् ।
कुनै एक ब्यक्तिले सहकारीलाई असर पर्ने गरि चर्को ब्याज लिदा काभ्रेका सहकारी डुबेर धेरै सर्बसाधारण पिडामा पर्नुको साथै कतिपयले आफ्ना छोरा-छोरी पढाउन कोहि उपचारको लागि भनेर समेत राखेको पैसा सहकारीले फिर्ता दिन नसक्दा धेरै अफ्ट्यारोमा परेको ति पिडितहरूको भनाइ छ । काभ्रेमा यसरी चर्को ब्याज असुल गर्नेमा बनेपा ८ का नजरमान कपालि हुन । पिडितको भनाइ अनुसार नजरमान कपालिले विभिन्न मानिसहरूलाई चर्को ब्याजमा रिन दिने र रिन भन्दा बडिको चेक लिने केही समय पछि फेरि पिडितलाई धम्क्याएर नयाँ खाली चेकपनि माग्ने र सबै चेक बाउन्स गरेर रिन दियको भन्दा डबल पैसा असुली गर्ने गरेको एक जना पिडितले धेरै गुनासो पोखेका छन् । यति मात्रै होईन उनलेे कतिपयको जग्गा समेत धितो भनेर थोरै मुल्यमा राख्ने र पछि मैले किनेको हु भन्दै ब्यक्तिको जग्गा नै फिर्ता नगर्ने र फिर्ता माग्दा मालपोतमा मेरो नाममा पास भैसकेको छ जे सक्छौ गर भन्दै धम्की दिने र जग्गा फिर्ता नगरनेपनि गरेको पनि पिडितको आरोप छ् ।

नजरमान कपालिले बनेपामा रहेको यूयम सहकारिका अध्यक्ष रूसन श्रेष्ठ लाई पनि यस्तै गरेर दुख दिएको खुल्न आयको छ् । रिन लिएर पटक पटक चर्को ब्याज दिईरहदा पनि उनले सहकारिमा गएर आफूलाई ग्यारेन्टी लागि भन्दै जबर्जस्ती चेक माग्ने र पछि सोही चेक समेत बाउन्स गरेर पैसा असुल्न गरेको पिडित पक्षले बताउँछन् । उनलाई रूसन श्रेष्ठले तपाईंको पैसा तिर्छु हिसाब गर्नु भन्दा उनले कहिले ७०% कहिले ८०% ब्याज जोड्ने र आफुले भनेजति ब्याज नदिऐसि रिन भन्दा बडायर लगेको चेक बाउन्स गर्दै पिडितको घर जग्गा समेत रोक्का गरेर दुख दियको पाईन्छ ।
यति मात्रै होइन रूसन श्रेष्ठले लिएको जम्मा रकम १ करोड २० लाखमा नजरमान कपालिले रकम भन्दा बढिको 3 वटा चेक बाउन्स गर्दै ५ करोड ७० लाख माग गरेका र घर जग्गा समेत रोक्का गरेका समेत भेटिएको छ।
कपालिबाट ऐस्ता पिडित धेरै छन जस्तैः १ यूयम साकोस (२) राजन मानन्धर (४) पदम बहादुर तिमल्सिना र रामहरि घिमिरे रहेका छन् । रविन्द्र मान श्रेष्ठ लिएको १.३५०००००/- तिरेको ९०००००० र अझै पनि करोडौं को चेक बाउन्स गरेर जग्गा रोक्का गरेको समेत पाईयो ।
बनेपामा रहेको Hamro Net TV Put पदम बहादुर तिमल्सिना लगाएतका विभिन्न ब्यक्तिहरु समेत पिडित रहेको छन । उनलेे रबिन्द्र मान श्रेष्ठ एक करोड ३० लाख रिन दियर ९० लाख तिरिक्दा पनि फेरि करोडौंको चेक लियर बाउन्स गर्ने गरको र एक करोड २० लाख रिन लिएकोलाई २ करोड सम्म माग गरेका छन ।
यस्तै अर्को मिटर ब्याजि हुन बनेपा घर भयका रोसन श्रेष्ठ उनको काहानि पनि यस्तै डरलाग्दो छ , उनलेे बनेपाको धेरै सहकारिलाई चर्को ब्याजमा पैसा दिने र चेक लिने गरेको पाइयो । हाम्रो टिमले गरेको इष्टिम अपरेसनमा रोसन श्रेष्ठको कारण पनि धेरै सहकारी र ब्यक्ति हरू पिडित भएको भेटिएका छन् । उनले बनेपामा रहेको पसुपति सहकारीको कारोबार मिलाउने भन्दै बनेपाको जनगाल १० घर भएको मानिसलाई घर न घाटको बनाएर सबै सम्पत्ति आफ्नै नाममा गरेका छ ।

उनले पसुपति सहकारीको भक्तपुरमा रहेको ३ रोपनि जग्गा लिएको पाइयो रोसन श्रेष्ठको १ पसुपति सहकारिमा = लगभग ३ करोड
२ उग्रतिर्थ = ३ करोड
३ अग्नि २ करोड
४ सुमेरू १:५ करोड
५ समय १ करोड
६ गोर्खा
७ नागरिक र राजु साक्य बिजु साक्य, बिनोद सिखु, पदम बहादुर तिमल्सिना, यूयम साकोसका रूसन श्रेष्ठ जस्ता धेरै ब्यक्तिहरू पिडित छन । केही ब्यक्तिका भक्तपुरको जग्गा लिएको र केहिको बनेपाको लिएको खुल्न आयको छ ।
पिडितहरूलाई उनिहरूले मिटर ब्याज लिने र दुख दिने गरेकाले अब सहकारी नै बन्द गर्नुपर्ने भएको बताउदै, उनिहरू बिरूद मिटर ब्याजिको मुद्दा हाल्ने र यसरी कमाएको अकुत सम्पत्तिको छानबिन हुनुपर्छ सरकारको विभिन्न निकायमाको साथै अख्तियार र सम्पति सुदृढीकरणमा समेत पिडित सबै सामुहिक मिलेर जाने बताएका छन् ।


