१९ मंसिर, काठमाडौ । धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्।
श्रीमती २१ वर्षीया पवित्राको हत्या गरेको आरोपमा स्थानीय रामचन्द्र बलयकोटी पक्राउ परेका हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ।
आइतबार श्रीमतीको हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र बहादुर शाहको कमाण्डमा खटिएको प्रहरीले टोलीले गएराति पक्राउ गरेको हो। उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बताएका छन् ।

बयलकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । साथै प्रहरी निरीक्षक देवेन्द्र शाहको कमाण्डमा खटेको प्रहरी टोलिले प्राविधिक बिल्लेषण गरेर घटना घटेको ८ घण्टामै पक्राउ गर्न सफल भएको थियो ।


