Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती र छोरालाई पक्राउ

काठमाडौं: उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीबाट श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । ६० वर्षीय श्रीमान् श्याम कुमार राईको हत्या गरेको आरोपमा ४० वर्षीया श्रीमती निरकुमारी राई र छोरा सुरन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीका अनुसार गएको मंसिर १६ गतेबाट बेपत्ता भएका राईको शव प्रहरीले खोजतलास गर्दा गत बिहीबार घर नजिकैको वनबाट फेला पारेको थियो । प्रहरीका अनुसार श्रीमती निर कुमारी राईले सामान्य घरायसी झगडामा श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन्।

सोही आधारमा प्रहरीले घटनास्थलबाटै निर कुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । मृतक राई हराएको भन्ने खबर पछि स्थानीयहरु मिलेर खोजतलास गरिरहेका थिए।

खोज तलासको क्रममा नजिकैको झाडीमा मानिसको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक राईको पोष्टमाटमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको छ।

घाँटी थिची हत्या गरेको तथा निजको छोरा सुरन राईको सहयोगमा जंगलमा लगि खाल्डो खनि पुर्ने कार्यमा संलग्नता रहेको खुल्न आएकोले निजहरू दुवैलाई पक्राउ गरी ५ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै