Comments Add Comment

Advertisment

SKIP THIS

दाङबाट प्रहरीले सुनका गरगहनासहित भारतीय नागरिकलाई पक्राउ

काठमाडौं: सुनका गरगहनासहित भारतीय नागरिक पक्राउ परेका छन्।

बाँकेको नेपालगंज उपमहानगरपालिका – १० साझा चोकस्थित चारबाहिनीबाट जमुना नाका हुँदै भारत तर्फ जान लागेका भारत बाणगंगाका ४० बर्षीय बब्लु भनिने संजयकुमार सोनी पक्राउ परेका हुन।

उनको साथबाट ७० ग्राम सुनका गरगहना बरामद भएको दाङका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।

यू पी ४० ए यू ४१९९ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सोनीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट सुनका विभिन्न गरगहना बरामद गरेको थियो।

उनको साथबाट मिनिहार – २ थान, मसिनो सिक्री – १ थान, नथिया ठूलो र सानो – १० थान, लकेट – १ थान, कानमा लगाउने झाला – ४ थान र औंठी – १ थान बरामद भएको प्रहरीले जनाएको छ।

नेपाल सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा ती गरगहना सुनकै भएको पुष्टि भएको तथा त्यसको हालको प्रचलित बजार मूल्य ६ लाख ७८ हजार भन्दा बढी हुने आउने प्रहरीले डिएसपी डाँगीले जानकारी दिए।

दाङ प्रहरीले उनलाई मंगलबार पक्राउ गरी बुधबार बेलुकी सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै