Comments Add Comment

Advertisment

SKIP THIS

कारागारमा रहेको थुनुवालाई छुटाई दिन्छु भन्दै ५ लाख ठग्ने दावा दोर्जेलाई प्रहरीले पक्राउ

काठमाडौं । कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्द बस्ने दावा दोर्जे लामा रहेका छन् ।

दोर्जेले जबरजस्ती करणीको मुद्धामा कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ५ लाख ठगी गरेर फरार भएका थिए ।

दोर्जेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्बबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दोर्जेलाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै