Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वोर नगरपालिकाका मेयर कृष्णहरिले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन आदेश

४ पुष , काठमाडौ । स्थानीय निकाय र जनप्रतिनिधि जनताका सेबक भन्ने नाराको चरितार्थ तार्केश्वोर नगरपालिका मेयर कृष्णहरि महर्जनले गरेका छन् ।

तारकेश्वर नगरप्रमुख महर्जनको आदेशमा प्रमुख प्रशासकीय अधिकृत तथा पुर्वाधार शाखा प्रमुखको कोठामा ताला लगाइएको छ । उनले जनताको काम नगरेको भन्दै मंगलबार कार्यकक्षमा ताला लगाउन ठाडो आदेश दिएका हुन।

कार्यालयमा कुनै पनि जानकारी नगराई प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त र पुर्वाधार शाखा प्रमुख पूर्णकाजी महर्जन अफिसमा बिना कुनै सुचना बिदामा बसे संगै जनताको काम रोकिएपछि नगरप्रमुख महर्जन आक्रोशित भएका हुन्।

मेयर महर्जन लामो समय देखि तारकेश्वर नगरको मुहार फेर्न दिन रात नभनी लागिरहेका छन् तर नगरवासीले जुन रुपमा सेवा पाउनु पर्ने हो नियमित सेवा नै नपाएको व्यापक जन -गुनासो आएपछि महर्जनले कडाइका साथ् कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले कुनैपनि कर्मचारी बिना सुचना बिदा बस्ने समयमा कार्यलयमा उपस्थिति नहुने ढिलासुस्ती र लापरवाही भए नगरपालिका कारवाही गर्न वा कामबाट हटाउन समेत पछि नपर्ने बताएका छन् ।

सर्वसाधारण जनताबाट आएका गुनासा लाई मेयर महर्जनले गहन अध्ययन अनुसन्धान गरि कारवाही अगाडि बढाएको नगरपालिका श्रोत ले जनाएको छ।

कामको चाप हुने बेलामा बिना सुचना किन र के का लागि बिदामा बसेको हो ? त्यसको लिखित जबाफ र माफी माग्नु पर्ने अन्यथा कानुनी कारवाहीको भागीदार हुनुपर्ने छ । न्युज२४ग्यालेक्सी संग कुरा गर्दै प्रमुख प्रसाशन अधिकृत पन्तले भने ” मेरो घरयासी कामले र म स्वयम् बिरामी भएर अफिसमा हाजिर नभएको तर फोन मार्फत भने जनताका काममा सहजीकरण गरिरहेको थिए ” साथै पूर्ण काजि महर्जनले संग पनि जबाफ माग्दा म बिरामी भएर अफिस नआएको तर जरुरि काम घरबाटनै गरेको थिए ” त्यसको प्रति उत्तरमा हाम्रा प्रतिनिधिले यस्तो डिजिटलको जमानामा फोन इमेल मेसेज मार्फत पनि कार्यलयलाई सुचना तथा जानकारी गराउन सकिने थियो नि भन्ने प्रश्नमा दुबै जना नाजवाफ भएका थिए यसै बाट पनि प्रस्ठ हुन्छ कि दुवै जना काम र कर्तव्य प्रति उत्तरदायी नदेखिएको।

त्यसबारे आजै छलफल हुने र जनताको कामलाई सहज गराउन लागिपर्ने नगरप्रमुख महर्जनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै