Comments Add Comment

Advertisment

SKIP THIS

सिआईबीले ज्यानमुद्दाका फरार प्रतिवादीसहित तीन जनालाई ८ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ज्यानमुद्दाका फरार प्रतिवादीसहित तीन जनालाई ८ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा, पर्वतका सरोज खाती र स्याङ्जाका ६१ वर्षीय भिमबहादुर विश्वकर्मा रहेका छन्।

२०७१ साल २८ वैशाखमा सिन्धुपाल्चोक ठूलोपाखर गाउँपालिका (२ की ४३ वर्षीया काली माया लामालाई लामाको समूहले कुटपिट गरी पटुकाले घाँटी कसी चिलाउनेको रुखमा झुण्डाएको प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरीले पक्राउ गरी लामाविरुद्ध कर्तव्यज्यान मु्द्दा दर्ता गरेको थियो।

सो मुद्दामाथि २०७१ साल १७ चैत्रमा सिन्धुपाल्चोक जिल्ला अदालतले लामालाई २० वर्ष ६ महिना कैद सुनाएको थियो।

उक्त सजाय कार्यान्वयनका क्रममा कारगार कार्यालय सिन्धुपाल्चोकमा रहेका लामा २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि भत्किएको कारागारबाट भागी सोही कारागारमा रहेका थुनुवा खाती र विश्वकर्मालाई भगाइ फरार रहेका थिए।

खोजिका क्रममा सिआईबीको टोलीले पुस ३ गते कास्कीको विजयपुरबाट प्रकाउ गरी फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै