Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेमा नाबालिग छात्रालाई बलात्कार आरोपमा प्रधानाध्यापक र शिक्षकलाई प्रहरीले पक्राउ

काभ्रे । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो ।

पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरेका थिए ।

आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । विज्ञान शिक्षक श्रेष्ठले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ।

त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको बताइएको छ ।

पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको काभ्रे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै