Comments Add Comment

Advertisment

SKIP THIS

बालकुमारी घटनाको छानबिन गर्न डीआईजीपी आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन

१३ पुष , काठमाडौ । दुईजना युवाको मृत्यु हुने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) लालमणी आचार्यको नेतृत्वमा गठित छानबिन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) बासु सिग्देल रहेका छन् ।

सात दिन भित्रमा प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन भएको उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले न्युज२४ग्यालेक्सीलाई जानकारी दिए । कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित युवाले शुक्रबार बिहान बालकुमारी क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएका थिए ।

त्यसपछि आक्रोशित युवाले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएपछि घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment