Comments Add Comment

Advertisment

SKIP THIS

बालकुमारी घटनाका पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन : चित्रबहादुर केसी

१६ पुष, काठमाडौ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बालकुमारी घटनाका पीडितलाई १० लाख दिएर समस्या समाधान नहुने बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले परिवारलाई राज्यले रेखदेश गर्नुपर्ने बताए। उनले एउटा घटना हुन थालेपछि आयोग बनाएर छानबीन गरेपनि प्रतिवेदन कार्यान्वयन हुन नसकेकोप्रति ध्यान दिन आग्रह गरे।

सांसद केसीले भने,‘हात्ती आयो हात्ती आयो फुस्सा नहोस्। दोषीलाई कारबाही होस्।’ उनले युवालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी भएको उल्लेख गरे।

सांसद केसीले नयाँ युवाको आक्रोशलाई उठाएर धमिलो पानीमा माछा टिप्ने खेल हुन सक्ने आशंका गरे। उनले गणतन्त्र, लोकतन्त्रप्रति किन प्रहार भइरहेको अध्ययन गर्नु आवश्यक भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment