१२ असार , काठमाडौ । सायद तँपाइलाई अचम्म लाग्छ होला ! सरकारमा बस्नेहरुले हरेक खोलामा पुल बनाइएको छ, नेपालका प्रत्येक पालिकाका हरेक वडाहरुमा मानिसका लागि चाहिने आधारभुत कुराहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरहरु दिलाइएको छ भनिएता पनि कतिपय ठाउँहरुमा अभै पनि मानिसको जीवनको लागि अति आवश्यक पर्ने पिउने पानीसमेत नपाएर त्यहाँका जनताहरुले सास्ती भोग्दै आइरहेकाछन् । पश्चिम रुमको चौरजहारी नगरपालिका ११ का स्थानीयलाई खानेपानी लिनको लागि करिब तीन घण्टा हिड्नुपर्ने बाध्यता छ ।

तैपनि लाइनमा बस्दा बस्दा सकस भएको कुरा स्थानीयले बताएका छन् । सात वर्ष अगाडि खानेपानी योजना बनेता पनि गतसालको भुकम्पले क्षतिग्रस्त भएपछि त्यहाँका जनता मारमा परेका हुन् ।

गाउँबाट करिब तीन घण्टाको बाटो ओरालो झर्ने र पछि भरी ग्रागी पानी लिएर ठाडो उकालो बाटो हिँड्दा मुट नै फुटेको जस्तो अनुभव हुने कुरा बताउँछिन् जोगीनेटाकी सुनिता ओली ।

यसरी पानीको लागि मात्र घण्टौं खर्चिनुपर्ने बाध्यता भएपछि अन्य कामकाजमा पनि ध्यान दिन गाह्रो हुने, उता बालबच्चा विद्यालय जानको लागि त्यस्तै सास्ती भोग्नुपर्ने साथै अन्य घरायसी कामकाज तथा पारिवारिक आर्थिक बोझका कारण त्यहाँका जनताको दैनन्दिनी यसरी नै चलिराखेको छ । यस सम्बन्धमा स्थानीय सरकार तथा सरोकारवाला निकायको ध्यान जावस ।