Comments Add Comment

Advertisment

SKIP THIS

माइतीघरबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जनालाई प्रहरीले पक्राउ

१६ पुष, काठमाडौ ।  जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए। राउतलगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै