हेटौंडाको मनहरीबाट प्रहरीले ३६ किलो गाँजासहित तीन जनालाई पक्राउ -
Comments Add Comment

हेटौंडाको मनहरीबाट प्रहरीले ३६ किलो गाँजासहित तीन जनालाई पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, बाट ३६ किलो गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश–३, का २३ वर्षीय राजेन्द्र घिसिङ, कैलाश–४, २७ वर्षीय विवेक प्रजा र हेटौडा उपमहानगरपालिका–१८, बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका प्रहरीले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुन्जमा निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले शंका लागी सोधपुछ गर्दा उनीहरूको साथबाट सो परिमाणमा गाँजा बरामद भएको हो ।

नाङ्लो र नाङ्लोमाथि कालो प्लाष्टिकको झोलामा बोराले बेरेको पोका बनाएर गाँजा बोकेर हिँडेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै