Comments Add Comment

Advertisment

SKIP THIS

बालकको मृत्युपछि अवरूद्ध तुलसीपुर–घोराही सडक सहमति पछि खुल्यो

बालकको मृत्युपछि अवरूद्ध तुलसीपुर–घोराही सडक खण्ड मध्यरातपछि खुलेको छ।

पीडित पक्ष, यातायात व्यवसायी र प्रहरी प्रशासनका बीच मध्यराति दुधरासमा वार्ता भएको थियो। उक्त वार्तामा सहमति जुटेपछि अवरूद्ध सडक खण्ड खुलेको हो।

वार्तामा मृतक बालकका आफन्तलाई यथाशक्य छिटो क्षतिपूर्ति उप लपलब्ध गराउने सहमति जुटेको छ। सुरूमा बिमावापत उपलब्ध हुने पाँच लाख भन्दा बढी क्षतिपूर्तिको मागदाबी पीडित पक्षले गरेका थिए।

लामो छलफल र वार्तापछि पीडित पक्ष सहमत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

बालकको शव भने तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ। पोष्ट मार्टमपछि शव बुझ्न आफन्त सहमत भएको प्रहरी प्रवक्ता मल्लले बताए ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्वरको बसले सोमबार बेलुका तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासमा ठक्कर दिँदा तुलसीपुर – १७ झिगैंका ८ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो ।

दुधरासस्थित जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्ययनरत बालक चौधरी विद्यालयबाट घर फर्कंदै गर्दा बसले ठक्कर दिएको थियो। घटनापछि आक्रोशित विद्यार्थीले ठक्कर दिने बस र प्रहरीको गाडीसमेत तोडफोड गरेका थिए।

घटना लगतै उनीहरूले तुलसीुपर–घोराही सडक खण्ड पनि अवरूद्ध पारेका थिए। दुर्घटनापछि दुधरास क्षेत्र तनावग्रस्त बनेको थियो। शान्ति सुरक्षाको लागि त्यहाँ झन्डै एक सय बढी प्रहरी परिचानल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै