Comments Add Comment

शिवराजको हत्या उनकै गर्लफ्रेन्डकि श्रीमानले गरेको खुलासा : दाङ प्रहरीले चार जनालाई पक्राउ

दाङ । घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमानले गरेको खुलेको छ । केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा भेटिएको थियो ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

प्रहरी आज पत्रकार सम्मेलनगरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको बतायो । ‘शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा थिए’, पत्रकार सम्मेलनमा दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भन, ‘श्रीमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाइ छ । एसपी केसीका अनुसार पुस ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनामा फोन गरेर कोइलाखानी बोलाएकी थिइन् । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो ।

‘श्रीमान श्रीमती दुवैले कि दुई कठ्ठा जग्गा दे । नत्र गोली हानेर मार्छौ भनेका रहेछन्’, एसपी केसीले भने, ‘शिवराजले जग्गा दिन अस्वीकार गरेपछि छातीमा गोली हानेर हत्या गरिएको रहेछ ।’ प्रहरीका अनुसार शिवराजको हत्यामा प्रयोग गरिएको भरूवा बन्दुक अवैध हो ।

अभियुक्तहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलिका खोका प्रहरीले बरामद गरिसकेको छ । घटना बारे विस्तृतरुपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै