रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ -
Comments Add Comment

रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा घर भई हाल काठमाडौं शान्तिनगर बस्ने बलराम कुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा बस्ने रचना थापा रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

बलरामकुमार महतोले जीवछकुमार शाहसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, गणेश राईले जापान पठाइदिन्छु भन्दै भक्तबहादुर राई समेत २ जनासँग ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।

उता २२ वर्षीया रचना थापाले रामचन्द्र कार्कीलाई पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।

पक्राउ गरिएका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै