तुलसीपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ -
Comments Add Comment

तुलसीपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङ । तुलसीपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ गरेको छ ।

शुक्रबार बेलुकी तुलसीपुर ५ स्थित पार्टी फ्लो रेस्टुरेन्टबाट ३ ग्राम ५२० मिलीग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिएका छन् ।

डीएसपी पोखरेका अनुसार तुलसीपुर ९ बेलुवाका २१ वर्षीय प्रदिप बुढाथोकी, २१ वर्षिय सन्जिव कठायत र २१ वर्षीय चन्द्र प्रकाश केसी पक्राउ परेका हुन् ।

प्रदिप बुढाथोकीले लागूऔषधको कारोबार गरि रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै