२२ पुष , काठमाडौ । ओ एस आर शिरिज मा ‘बैना’ नामक सिरियल प्रशारण भईरहेको छ । हरेक सोमबार ‘बैना’ नामक सिरियल ओ एस आर शिरिज युटुबमा प्रशारण हुन थालेको हो । प्रशारण भएको पहिलो भागमै दर्शकले यो सिरियललाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
सामाजिक बिषयवस्तुमा निर्माण गरिएको समाजको यथार्थ बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ ।
यो सिरियलमा सरोज शर्मा, टेकेन्द्र कार्की, निरन्जना शर्मा, सुनिता भट्टराई, रश्मी भट्ट , सरोज ढकाल लगायतका कलाकारको अभिनय छ । लेखक निर्देशक टेकेन्द्र कार्कीले गरेका हुन भने सिरियलमा शाक्य फोटोग्राफीको सम्पादन छ ।



