प्रहरीले स्थानीय आवश्यकता र सामाजिक बनावट बुझेर कार्यसम्पादन गर्नुपर्ने : आईजीपी कुँवर -
Comments Add Comment

प्रहरीले स्थानीय आवश्यकता र सामाजिक बनावट बुझेर कार्यसम्पादन गर्नुपर्ने : आईजीपी कुँवर

प्रहरी आईजीपी बसन्त बहादुर कुँवरद्वारा गण्डकी प्रदेश प्रहरी गण, पोखरामा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत सम्पूर्ण कार्यालय प्रमुख तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरीले स्थानीय आवश्यकता र सामाजिक बनावट बुझेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

निर्देशनको क्रममा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैको सामूहिक प्रयास सहित सबै पक्षसँग समन्वय आवश्यक रहेको, स्थानीय तह र प्रदेश सरकारसँगको समन्वय र सहकार्य अपरिहार्य रहेको, प्रहरी कामकारवाहिको बखत बोली वचन, व्यवहारमा शिष्टता; कानुनी कारबाहीमा निष्पक्षता लगायत पर्यटन व्यवसायीहरूको सुरक्षा, सरोकारमा विशेष ध्यान दिन आवश्यक रहेको कुरा समेत बताउनुभएको छ ।

निर्देशन सम्बोधनको क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख लगायत जिल्ला प्रहरी प्रमुख तथा मातहत इकाइमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै