माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालकसहित प्रहरीले दुई जनालाई पक्राउ -
Comments Add Comment

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालकसहित प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् ।

सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, प्रतिष्ठित होटलमा काम लगाइदिन्छुभन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । फरार रहेका सुवेदीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २२ गते बसुन्धराबाट पक्राउ गर्न सफल भएको थियो ।

त्यस्तै, माल्टा नै पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३४ वर्षीय विक्रम दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर बस्दै आएका दाहालले विनिता तामाङलाई माल्टाको प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।

उनलाई पुस २२ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै