Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वरको आलोकनगरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जना पक्राउ

काठमाडौं । राजधानीको आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रूपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै