फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ -
Comments Add Comment

फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

६ माघ , काठमाडौ । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतले वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds